पोर्चुगलमा क्रिसमस- नयाँ बर्ष अप्रेशनको ३ दिनमै ४४२ सडक दुर्घटनाका घटना : ३ को मृत्यु, १२० जना घाइते

लिस्बन।

पोर्चुगलमा जीएनआर प्रहरीले हरेक बर्ष क्रिसमस देखि नयाँ बर्षसम्म सडक सडक सुरक्षाका लागि क्रिसमस- नयाँ बर्ष अप्रेशन गर्ने गर्दछ, जसमा सडक जांच र सुरक्षाका लागि सुरक्षाकर्मीको परिचालन गरिन्छ।

यो बर्ष क्रिसमस- नयाँ बर्ष अप्रेशन बुधबार ११ बजे शुरु भएको हो। अप्रेशनको ३ दिनमै ४४२ सडक दुर्घटनाका घटना रेकर्ड गरिएको छ।

उक्त घटनामा ३ जनाले ज्यान गुमाएका छन् भने १२० जना घाइते भएका छन्।

क्रिसमस देखि नयाँ बर्षसम्म सडक दुर्घटनामा कमी ल्याउन सडक सुरक्षा रचेकजाँचका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको जीएनआर’ले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार