लिस्बन।
कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिनको पहिलो लट आज पोर्चुगल आइपुगेको छ।
कोरोना भ्याक्सिनको पहिलो लट आज कोइम्ब्रा आइपुगेको हो। पहिलो लटमा फ़ाइजर भ्याक्सिनको ९ हजार ७५० डोज आइपुगेको छ।
कोरोना भ्याक्सिनको पहिलो लट दुई बाकसमा आएको र तौल करिब ४१ केजीमा रहेको स्वास्थ्यमन्त्री मार्ता तेमिदोले बताएकी छिन। भ्याक्सिन आज बिहान ९ : ४५ बजे आइपुगेको हो।
कोरोनाको भ्याक्सिनको सुरक्षाको जिम्मा जीएनआर सैनिकले लिएको छ।
आउदो सोमबार फ़ाइजर भ्याक्सिनको ७० हजार २०० डोज पोर्चुगल आइपुग्ने स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।