लिस्बन।
पोर्चुगलमा कोरोना बिरुद्धको पहिलो भ्याक्सिन आज लगाईएको छ।
साउ जॉओ अस्पताल पोर्तोका संक्रामक रोग सेवाका निर्देशक एन्तोनियो सर्मेन्तोले पोर्चुगलमा कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिनको पहिलो खोप लगाएका हुन्।
६५ बर्षीय एन्तोनियोलाई खोप लगाउँदा स्वास्थ्यमन्त्री मर्ता तेमिदो पनि उपस्थित थिईन्। एन्तोनियोलाई खोप नर्स अन इसाबेल रिबेइरोले दिएकी थिईन्।
साउ जॉओ अस्पताल पोर्तोमा नै पोर्चुगलमा कोरोनाको पहिलो बिरामी फेला परेको र पहिलो बिरामी निको भएकोले नै कोरोनको पहिलो भ्याक्सिन पनि त्यहिबाट शुरु गरिएको जनाईएको छ।
स्वास्थ्यकर्मीहरुलाई भ्याक्सिन आज दिउसोबाट लगाउन शुरु गरिने बताईएको छ।