थप ७० हजार २०० कोभीड भ्याक्सिन पोर्चुगल आइपुग्यो, जनवरीमा थप ४ लट भ्याक्सिन आउने !

लिस्बन।

पोर्चुगलमा थप ७० हजार २०० कोभीड भ्याक्सिन आइपुगेको छ।

स्वास्थ्यमन्त्री मार्ता तेमिदोले कुरी काब्राल अस्पतालमा पत्रकारहरुसँग कुराकानी गर्दै सो पुष्टि गरेकी हुन्।

यसअघि नै पोर्चुगलमा ९ हजार ७५० डोज भ्याक्सिन आइसकेको र पोर्चुगलका कोरोना अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुलाई भ्याक्सिन लगाउन शुरु गरिसकिएको छ।

पोर्तो र लिस्बनमा कार्यरत ५ हजार बढी स्वास्थ्यकर्मीहरुलाई कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिन लगाईसकिएको छ।

यो बर्षको अन्तसम्ममा ७९ हजार ९५० भ्याक्सिन लगाईने स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

फ़ाइजरले भ्याक्सिन उपलब्ध गराउन ढिलो गरेतापनि जनवरी २०२१ मा चार लटमा भ्याक्सिन पोर्चुगल आउने स्वास्थ्यमन्त्री मार्ताले बताएकी छिन्। जनवरीमा उपलब्ध हुने भ्याक्सिन केयर होममा बस्ने बृद्धहरुलाई लगाईने बताईएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार