३० हजार परिवार आवासिय घरको पर्खाइमा रहेको पोर्चुगलमा ७ लाख ३० हजार घर छन् खाली छोडिएका !

लिस्बन।

पोर्चुगलमा भएका घरहरुको १४ प्रतिशत घरहरु खाली र परित्याग गरिएका छन्।

सरकारको अर्को तथ्यांकमा उल्लेख भए अनुसार ३० हजार बढी परिवार आवासिय घरको पर्खाइमा छन्।

पोर्चुगलमा खाली र परित्याग गरिएका घरहरुको संख्या ७ लाख ३० हजार बढी छन्। विशेषतः लिस्बन र पोर्तोमा खाली रहेका घरहरुको संख्या बढी रहेको छ।

मर्मत सम्भारको अभावमा ति घरहरु बस्नयोग्य नभएपछि ति घरहरु खाली रहेका हुन्।

पोर्चुगलमा ३९ लाख ९१ हजार ११२ घरहरु दर्ता भएको सरकारी तथ्याक छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार