कोरोना संक्रमणले पोर्चुगलमा तेश्रो नेपालीको मृत्यु !

लिस्बन।

कोरोना संक्रमणका कारण पोर्चुगलमा अर्का एक नेपालीको ज्यान गएको छ।

उनि कोरोना संक्रमणका कारण पोर्चुगलमा ज्यान गुमाउने तेश्रो नेपाली हुन्।

४०-५० बर्ष उमेर समूहकी उनि एक बर्ष अगाडी मात्रै पोर्चुगल आएकी थिईन्।

कोरोना संक्रमणपछि कोइम्ब्रा अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो।

ब्लड क्यान्सरले एक बर्षीय बालकको मृत्यु :

त्यस्तै , शुक्रबार मात्रै उपचारकै क्रममा एक बर्षिय बालकको लिस्बनमा मृत्यु भएको छ। उनको ब्लड क्यान्सरका कारण उपचारकै क्रममा निधन भएको थियो ।

यहि साता मात्रै तनहुँ स्थाई घर भएका एक २७ बर्षिय नेपालीको कोरोनाकै कारण उपचारका क्रममा मृत्यु भएको थियो ।

एक साताभित्रै तिन जना नेपाली गुमाउदा पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ।

पोर्चुगलमा कोरोनाको पछिल्लो अवस्था :

पोर्चुगलमा मात्रै कोरोना संक्रमणका कारण आज मात्रै ७३ जनाको ज्यान गएको छ भने ३ हजार २४१ जना नयाँ संक्रमित फेला परेका छन्।

पोर्चुगलमा कोरोना संक्रमणका कारण हालसम्म ७ हजार ४५ जनाले ज्यान गुमाईसकेका छन्।

त्यस्तै कोरोना संक्रमितको संख्या ४ लाख २३ हजार ८७० पुगेको छ। कोरोना संक्रमणबाट उपचार पश्चात निको हुनेको संख्या ३ लाख ४० हजार १५० रहेको स्वास्थ्य महानिर्देशनालयको पछिल्लो तथ्यांक छ।

#InUpdate

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार