लिस्बन, पोर्तो, अल्मदा र कोइम्ब्रा ‘उच्च र अत्याधिक कोरोना संक्रमण ” को सूची बाट हटे !

लिस्बन।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले लिस्बन, पोर्तो, अल्मदा र कोइम्ब्रालाई ‘उच्च र अत्याधिक कोरोना संक्रमण “को सूचीबाट हटाएको छ।

यी नगरपालिकाहरूलाई डिसेम्बर १४-२७ को बिचमा भएको कोरोना संक्रमणको दरमा आएको गिरावटको आधारमा ‘उच्च र अत्याधिक कोरोना संक्रमण “को सूचीबाट हटाएको हो।

स्वास्थ्य महानिर्देशनालयले हरेक १५-१५ दिनमा कोरोनाको संक्रमणको दरको आधारमा जोखिममा रहेका नगरपालिकाहरुको सुचिमा हेरफेर गर्ने गर्दछ।

स्वास्थ्य महानिर्देशनालयले यी नगरपालिकाहरूलाई ‘उच्च र अत्याधिक कोरोना संक्रमण ” जोखिमको सूचीबाट हटाएतापनि जनवरी ७ तारिखसम्मका लागि लगाईएका संकटकालका नियममा कुनै परिवर्तन हुनेछैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार