ब्रेक्जिटले पोर्चुगिज नागरिकहरुको पहिलो रोजाइको गन्तब्य बन्यो बेलायत : २ लाख ३१ हजारले दिए युके बसाईका लागि आवेदन !

लिस्वन ।

ब्रेक्जिटले पोर्चुगलका करिब २ लाख ३१ हजार नागरिकले युके बसाईका लागि आवेदन दिएका छन् । यो तथ्यांक २०२० डिसेम्बर ३१ तारिखसम्मको हो ।

एक तथ्यांकका अनुसार डिसेम्बर महिनामा मात्रै पोर्चुगलका १० हजार ७०० नागरिकले आवेदन दिएका छन् । युके बसाईका लागि युरोपियन मुलकका एक लाख ३९ हजार ५०० नागरिकले प्रक्रिया पुरा गरिसकेका छन् ।

तथ्यांकका अनुसार अहिलेसम्म ५८ प्रतिशत नागरिकले स्थायी रुपमा युके बसाईको अनुमति पाइसकेका छन् भने ४१ प्रतिशले अस्थायी बसोबासको अनुममति पाएको बताइएको छ ।

पोर्चुगल सरकारले निकालेको तथ्यांकका आधारमा करिब चार लाख पोर्चुगिज नागरिक युकेमा बस्दै आएका छन् । तथ्यांक हेर्दा पोल्याण्ड, रोमानिया र इटाली पछाडिको ईयू सम्झौता योजनामा चौथो सबैभन्दा ठूलो संख्यामा दर्ता भएका देशहरूमध्ये पोर्चुगल एक नम्बरमा पर्छ ।

बेलायत सरकारले स्थायी बसोबासका लागि डिसेम्बर ३१ सम्म दिएको अन्तिम म्याद पनि सकिसकेको छ । सरकारले अवैधानिक रुपमा बस्दै आएका नागरिकलाई जुन महिनासम्मका लागि बैधानिक बन्न समय थप गरेको छ । दिइएको अवधिमा प्रक्रिया पुरा नगरे त्यस्ता व्यक्तिहरु अवैधानिक मानिने बेलायत सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार