लिस्बन।
पोर्चुगलमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या दैनिक १० हजार पुगेपछि सरकारले आजै संकटकाल कानुनमा परिवर्तन गरेको छ।
कोरोनाको सामान्य जोखिम भएका २५ नगरपालिका बाहेक पोर्चुगलका प्रमुख भूगोलको सबै ठाउमा सप्ताहन्तमा दिउसो १ बजेदखि अर्को दिनको बिहान ५ बजेसम्मका लागि कर्फ्यू लागु गरिएको र एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावतमा रोक लगाईएको प्रधानमन्त्री एन्तोनियो कोस्ताले बताएका छन्।
कर्फ्यु लागु नहुने २५ नगरपालिकाहरुमा Alcoutim, Aljezur, Almeida, Arronches, Barrancos, Carrazeda de Ansiães, Castanheira de Pêra, Castelo de Vide, Coruche, Ferreira do Alentejo, Freixo de Espada à Cinta, Lagoa, Manteigas, Monchique, Odemira, Pampilhosa da Serra, Proença-a-Nova, Resende, Santiago do Cacém, Sardoal, Sernancelhe, Sines, Torre de Moncorvo, Vila de Rei, र Vila do Bispo रहेका छन्।
पोर्चुगलमा कोरोनाका नयाँ संक्रमितको संख्या आकाशिएपछि प्रधानमन्त्री कोस्ताले भने, ” अब संकटकानुन परिवर्तनका लागि १५ दिन कुर्नु ढिलो हुनेछ। कोरोना संक्रमितको दरको आधारमा नियमहरु दिनहुँ परिवर्तन हुनसक्छन।”