लिस्बन।
पोर्चुगलबाट नेपाल फर्किन टिकट काटेर बसेका एक नेपाली युवकले नेपाल फर्किनु एक दिन अगाडी आत्महत्या गरेका छन्।
नेपाल फर्किने दिन कुरेर राजधानी लिस्बनको एक होस्टेलमा बसेका उनले चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।
नेपालमा सुदुर पश्चिम बझाङ घर भएका ३० बर्षीय सुरत कुँवरको भोलि ८ जनवरी नेपाल घर फर्किने हवाई टिकट थियो । उनी नेपालमा आमाबाबालाई भेट्न जान चारदिन देखि लिस्बनको एक होस्टलमा बस्दै आएका थिए।
पोर्चुगलमा चार बर्षको निकै दुःख र संघर्ष गरेर आवासिय बैधानिकता पाएका उनि निकै हतास र डिप्रेशनमा रहेको उनका उनका नजिकका आफन्तले बताएका छन्।
आज दिउँसो अन्दाजी ४:३० बजेतिर होस्टल रहेको घरको चार तला माथिबाट बाटो/प्यासेजमा हाम फाल्दा उनको घटनास्थलमा नै मृत्युु भएको प्रहरीले जनाएको छ।
आत्महत्या गर्नु केही समय अघि उनले नेपालमा परिवार आफन्तसँग कुराकानी गर्दै माफी मागेको र त्यो सम्बाद नै जीवनको अन्तिम सम्बाद रहेको बताएका थिए। त्यसपछि उनले आमालाई सम्झिदै एक मार्मिक स्ट्याटस आफ्नो फेसबुकमा शेयर गर्दै आमासंग माफी माग्दै होस्टेलको चौथो तलाबाट हाम फालेका थिए।
उनले आत्महत्या गर्नुअघि आमालाई सम्झिदै फेसबुकमा यस्तो लेखेका थिए :
” मिल्ने भए दुःख हटाइ खुशी किन्थे आमा,
आफ्नो को हुन्, पराई को हुन्, सबै चिन्थे आमा !
तिम्रो दुधको भारा कसरि तिर्नु म ,
लाग्ने भए मेरो आयु थपिदिन्थे आमा !! ”
पोर्चुगलमा पछिल्लो २ सातामा ४ जना नेपालीले ज्यान गुमाएका छन्। दुई जनाको कोरोना संक्रमणबाट उपचारकै क्रममा मृत्यु भएको छ भने एक १ बर्षीय बालकको ब्लड क्यान्सरले उपचारकै क्रममा निधन भएको छ।
दुई साता नबित्दै ४ जना नेपालीको असामयिक निधनले पोर्चुगलको सिंगो नेपाली समुदाय स्तब्ध र शोकमा डुबेको छ।
” IF YOU HAVE ANY PROBLEMS, SHARE IT TO YOUR FRIENDS,FAMILY MEMBERS OR DEAREST OR NEAREST ONES. DON’T GIVE UP LIFE. SUICIDE IS NOT A SOLUTION. ”
OR,
YOU CAN CONTACT
SUICIDE PREVENTION , AWARENESS AND PREVENTION PROGRAM
Portugal Suicide Rescue Hotlines:
Voz de Apoio
Apartado 2533
4401-401
VILA NOVA DE GAIA
Hotline: (+351) 225 50 60 70
Website: vozdeapoio.no.sapo.pt
E-mail Helpline: sos.vozdeapoio@mail.telepac.pt
Telefone SOS Palavra Amiga
VISEU
Hotline: (232) 42 42 82
Linha SOS-Estudante
Associacao Academica de Coimbra
R. Padre Antonio Vieira
COIMBRA
Contact by: – Phone – Letter: – E-mail:
Hotline: (808) 200 204
Website: aac.uc.pt
Hours:
Mon, Tues, Wed, Thurs, Fri, Sat, Sun: 20:00 – 01:00
Telefone da Amizade Porto
Porto Apartado 4857
4014 Porto Codex
OPORTO
Contact by: – Phone
Hotline: 22 832 35 35
Website: telefone-amizade.pt
E-mail Helpline: jo@telefone-amizade.pt