लिस्बन।
लिस्बन तगुस उपत्यकाका सबै सरकारी अस्पताहरु कोरोनाक बिरामीले भरिभराउ भएका छन्। पछिल्लो तिन दिनदेखि दैनिक १० हजार को हाराहारीमा नयाँ संक्रमितहरु फेला परेपछि अस्पतालहरु भरिएका हुन्।
लिस्बनमा अस्पतालका बेडहरु कोरोनाका बिरामीहरुले भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयले इमर्जेन्सी नभयका सबै स्वास्थ्य गतिबिधि बन्द गर्न निर्देशन दिएको छ।
स्वास्थ्य महानिर्देशनालयका अनुसार कोरोनाका बिरामीले अस्पतालका बेडहरु भरिएपछि आगामी दिनमा आउनसक्ने बिरामीको संख्यालाई व्यवस्थापन गर्न अस्पतालहरुमा थप बेडहरुको व्यवस्था गर्न इमर्जेन्सी नभयका सबै स्वास्थ्य गतिबिधि बन्द गरिएको हो।
यो संगै लिस्बन र तगुस उपत्यकाका अस्पतालहरुमा जीवन जोखिम नभएका सबै अपोइण्टमेन्टहरु रद्ध हुनेछन। जीवन जोखिममा हुनसक्ने कुनै पनि इमर्जेन्सी बिरामीहरुलाई भने उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पोर्चुगलमा कोरोनाको पछिल्लो अवस्था :
पोर्चुगलमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्। त्यस्तै सोही समयमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै उच्च रहेको छ।
पछिल्लो २४ घण्टामा १० हजार १७६ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकै दिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाकै कारण पोर्चुगलमा सर्बाधिक धेरै ११८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार १७६ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकै दिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाकै कारण पोर्चुगलमा सर्बाधिक धेरै ११८ जनाको मृत्यु भएको छ ।
पछिल्लो ३ दिनदेखिको कोरोना संक्रमितको संख्या र मृतकको संख्याले जनजीवन त्रसित मात्रै भएको छैन, सरकार नै अतालिएको छ। सरकारले अघिल्लो बर्षको भन्दा पनि बढी कडा लकडाउन गर्ने तयारी गरिरहेको जनाएको छ।
पछिल्लो ३ दिनदेखि दैनिक १० हजारको हाराहारीमा संक्रमित थपिएका छन् । दुई दिनअघि १० हजार २७ जनामा एकैदिन संक्रमण देखिएको तथ्यांक राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले दिएको छ । बिहीबार मात्रै नौ हजार ९२७ जना संक्रमित थपिएका छन्।
यसैले पनि सरकारले कोरोनाको रोकथामका लागि नयाँ कदम चाल्ने तयारी गरेको छ । संक्रमितको संख्या दैनिक १० हजार पुगेपछि कोरोनाको जोखिम भएका नगरपालिकाहरुको सुची समेत सरकारले हेरफेर गरेको छ ।
प्रधानमन्त्री एन्तोनियो कोस्ताले कोरोनाको संक्रमण रोक्न सप्ताहान्तमा दिनको एक बजेदेखि नै कर्फ्यु लगाईने र एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न बन्देज लगाईएको जानकारी दिएका छन् । उनले कोरोनाबाट जोगिन सरकारले अघि सारेका स्वास्थ्य मापदण्डलाई अवलम्वन गर्न आग्रह गरेका छन् ।