गणेश पाण्डेय, लिस्बन।
क्रिसमस र नयाँ बर्षपछी पोर्चुगलमा आएको कोरोना संक्रमणको तेश्रो लहरले नयाँ संक्रमितहरुको संख्या आकासिएपछि जनजीवन मात्रै होइन देशभर स्वास्थ्य व्यवस्था अस्तव्यस्त भएको छ। कोरोनाका संक्रमितहरुले देशका अधिकांस अस्पतालहरु भरिभराउ भएका छन्।
कोरोना संक्रमितहरुले लिस्बनका अस्पतालहरु भरिएपछि अस्पतालहरुमा इमर्जेन्सी नभएका वा ज्यान जोखिम नभएका सबै सेवाहरु बन्द गरिएका छन्। लिस्बनका अस्पतालहरुमा कोरोनाका बिरामी राख्ने ठाउँ नभएपछि धमाधम बिरामीहरु पोर्तो सार्न शुरु गरिएको छ।
पोर्चुगलकै सबैभन्दा ठुलो सान्ता मारिया अस्पतालमा पनि कोरोनाका बिरामीका लागि ३६ आइसीयु र १२४ वार्ड गरि १६० बेड क्षमता थियो। कोरोनाका बिरामीका लागि छुट्याईएक सबै १६० बेड भरिभराउ भएपछि रातारात अस्पतालमा बेडको क्षमता वृद्धि गरिएको छ। यो अस्पतालमा नियमित सामान्य बिरामीका लागि सबै सेवा बन्द गरेर उनीहरुका लागि छुट्याईएको बेडहरु पनि कोरोना अस्पताल बनाउदै २१० बेड क्षमता बनाईएको छ। यि २१० बेड क्षमतामध्ये १६० वार्ड र ५० आइसीयु बनाईएको हो।
लिस्बनको बेअत्रिज़ अंगेलो अस्पतालमा कोरोनाका बिरामी राख्ने ठाउँ नै नभएपछि हिजो ५ जना पोर्तोको साओ जॉओ अस्पतालमा सारिएको छ। त्यस्तै अमदोरा-सिन्त्रा अस्पतालमा पनि कोरोनाका बिरामीले भरिएपछि बेडको अभावमा १० जना बिरामीलाई पोर्तोको सान्तो अन्तोनियो र गिया अस्पतालमा सारिएको छ।
लिस्बनको बेअत्रिज़ अंगेलो अस्पतालमा अहिले १२१ जना कोरोनाका बिरामी छन् जसमध्ये १०५ जना वार्डमा राखिएका छन् भने १६ जना आइसीयुमा छन्। यो अस्पतालमा एउटा पनि बेड खालि नभएपछि अवस्था गम्भीर भएका ५ जना बिरामीलाई पोर्तो सारिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
यता फेर्नान्दो दा फ़ोन्सेका कोरोना अस्पतालको बिरामी क्षमता १५० बेड मात्रै छ, जसमध्ये १३६ बेड कोरोनाका बिरामीले भरिएका छन्। यो अस्पतालमा उपलब्ध भएका २० आइसीयु वार्डमध्ये १८ सिकिस्त संक्रमितले भरिएका छन्। यो अस्पतालमा वार्डमा १४ र आइसियुमा २ बेड मात्रै खालि छन्।
पोर्चुगलकै सबैभन्दा ठुलो सान्ता मारिया अस्पतालमा पनि कोरोनाका बिरामीका लागि ३६ आइसीयु र १२४ वार्ड गरि १६० बेड क्षमता थियो। कोरोनाका बिरामीका लागि छुट्याईएक सबै १६० बेड भरिभराउ भएपछि रातारात अस्पतालमा बेडको क्षमता वृद्धि गरिएको छ। यो अस्पतालमा नियमित सामान्य बिरामीका लागि सबै सेवा बन्द गरेर उनीहरुका लागि छुट्याईएको बेडहरु पनि कोरोना अस्पताल बनाउदै २१० बेड क्षमता बनाईएको छ। यि २१० बेड क्षमतामध्ये १६० वार्ड र ५० आइसीयु बनाईएको हो।
गार्सिया दे ओर्ता अस्पतालमाको सबै क्षमता बेडहरु र आइसीयु समेत कोरोनाका बिरामीले भरिएपछि हिजो मात्रै ४ आइसीयु कक्षहरु थपिएको छ।
स्वास्थ्यमन्त्रि मार्ता तेमिदोले सरकार एक्लैले कोरोना नियन्त्रण गर्न नसक्ने र कोरोनाको संक्रमण दर बिशेष गरि आम नागरिकको दैनिक व्यवहारमा भरपर्ने भएकोले सबै नागरिकहरुले स्वास्थ्य महानिर्देशनालयद्वारा जारि गरिएका निर्देशनहरु अनिवार्य पालना गर्न अनुरोध गरेकी छिन। उनले पत्रकारहरुसंग कुरा गर्दै उनले भनिन् , ” आउने दिनहरु अझै कठिन हुनसक्छन्। ”
निजी अस्पतालहरु पनि कोरोनाका बिरामीले भरिभराउ :
लिस्बनको निजि अस्पताल लुज हस्पिटलमा पनि कोरोनाको बिरामीले भरिएपछि थप बिरामी राख्ने ठाउँ छैन। लुज अस्पतालमा कोरोनाका लागि ३० बेडको व्यवस्था गरिएको छ , जुन सबै भरिएका छन्। लुज अस्पतालमा व्यवस्था गरिएका ८ आइसीयु पनि भरिएको अस्पताल श्रोतले जनाएको छ।
अर्को निजि अस्पतालमा कोरोना बिरामीका लागि ३२ बेडको व्यवस्था गरिएको छ। अस्पताल श्रोतले थप कोरोनाक बिरामीको व्यवस्थापन गर्न नसक्ने जनाएको छ।