१ लाख ४० हजार डोज कोरोनाविरुद्धको भ्याक्सिन पोर्चुगल आइपुग्यो, ७० हजार बढीले लगाईसके खोप !

लिस्वन ।

पोर्चुगलमा १ लाख ४० हजार डोज कोरोनाविरुद्धको भ्याक्सिन आइसकेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

प्राप्त भ्याक्सिनहरुबाट ७० हजार बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिईसकिएको स्वास्थ्य महानिर्देशनालयको तथ्याक छ।

स्वास्थ्य महानिर्देशनालयले पोर्चुगलमा कतिले खोप लिए भन्नेबारेमा हरेक हप्तामा तथ्यांक सार्वजनिक गर्दछ। स्वास्थ्य महानिर्देशनालयले उक्त तथ्यांक गत शुक्रवार प्रकाशित गरेको हो।

पोर्चुगलमा कोरोनाबिरुद्धको राष्ट्रिय खोप कार्यक्रम डिसेमबर २७ तारिखदेखि सुरु भएको हो ।

पहिलो चरणमा स्वास्थ्य क्षेत्र र सुरक्षा निकायमा काम गर्ने कर्मचारीलाई खोप दिइएको छ । यो चरण मार्चसम्म रहने स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार