लिस्बन।
उज्ज्वल भविष्य र श्रमका लागि पोर्चुगल आइपुगेका उर्जाशील नेपाली युवाहरुको एक समूह ” हामी एक परिवार ” ( We are a Family : Nep-Fam ) ले स्पाइनल मस्कुलर अत्रोफी ( एसएमइ – १ ) ले जीवनसँग संघर्ष गरिरहेकी सानी नानी सियोन श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।
नेप-फम समुहले सियोनको उपचारमा सहयोग गर्न सामाजिक संजालमा आव्हान गरेका थिए। उनीहरुको अनुरोधलाई स्वीकार गर्दै सियोनको उपचारका लागि धेरै नेपालीहरुले साथ दिए। उक्त समुहले सियोनको उपचारका लागि संकलित रकम ५ लाख ५० हजार ३५० रुपैया २५ पैसा नेपालमा पठाएका छन्।
हामी एक परिवार – नेप फम समुहले सियोनको उपचारको लागि दुई महिना अगाडी सहयोग गर्ने सबैमा आव्हान गरेका थिए। सियोनको उपचारका लागि आर्थिक सहयोगमा गर्नुहुने सबै सहयोगी हातहरुलाई उक्त समुहले धन्यवाद सहित आभार व्यक्त गरेको छ।
हामी एक परिवार क्लबका अध्यक्ष समिर गुरुङले भने , ” समाजमा असल कार्यका लागि हामी एक माध्यम मात्रै हौ , सहयोगी हातहरु नै महान हुन्। श्रमका लागि परदेश भएका हामी नेपालीहरु देशमा भएकाहरुप्रति कति चिन्तित र सद्भाव राख्छौ भन्ने एक उदाहरण हो यो। सही सहयोगी हातहरुलाई हाम्रो क्लबका तर्फबाट आभार व्यक्त गदछौ। ”
हामी एक परिवार क्लबले संकलित गरेको उक्त रकम नेपाल पठाउन अलकन्त्रा मिनी मर्कादो र तिमिल्सिना मनि ट्रान्सफरले निशुल्क सेवा दिएर सहयोग गरेको थियो।