लिस्बनका अस्पतालहरु कोरोनाका बिरामीले ‘ओभरलोड’ भएपछि इमर्जेन्सी बिरामी समेत भर्ना गर्न सकेनन् , एम्बुलेन्सले पनि सेवा दिन सकेनन् !

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनका अधिकाँस अस्पतालहरु कोरोनाका बिरामीले भरिभराउ भएपछि आज आइतबार इमरजेन्सी कल आएका बिरामीहरु समेत भर्ना गर्न सकेनन्।

इमरजेन्सी स्वास्थ्य सेवाका लागि कल गरेका अधिकाँस बिरामीहरुलाई एम्बुलेन्सहरुले समेत समयमै सेवा दिन नसकेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। लिस्बनका अस्पतालमा भर्ना गर्नुपर्ने अधिकांस बिरामीहरुलाई सिधै लिस्बन आसपासका अस्पतालमा लागिएको छ।

एम्बुलेन्स सेवाले क्षमताभन्दा बढी इमर्जेन्सी कल प्राप्त गरेपछि कयौ सिकिस्त बिरामीहरुले घन्टौ कुर्नुपरेको र कयौलाई सेवा नै दिन नसकिएको स्वास्थ्य महानिर्देशनालयले बताएको छ।

लिस्बनभित्र र नजिकका तिन ठुला अस्पतालहरु अमादोरा सिन्त्रा अस्पताल, सान्ता सान्ता मारिया अस्पताल र लौरेसको बेअत्रिज़ अङ्गेलो अस्पतालमा क्षमताभन्दा बढी कोरोनाका बिरामीले भरिएपछि इमरजेन्सी सेवाका लागि अनुरोध गरेका बिरामीहरुलाई लिस्बन नजिकका अन्य अस्पतालहरुमा डाइभर्ट गरिएको छ।

स्वास्थ्य महानिर्देशनालयलेले अत्यावश्यक कामबिना घरबाट बाहिर ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न र सरकारद्वारा निर्दिष्ट स्वास्थ्य उपाय र कानुनको अनिवार्य पालना गर्न सबैमा अनुरोध गरेको छ।

लिस्बन नजिकका अस्पतालहरु पनि भरिभराउ भएपछि कयौ इमरजेन्सीका बिरामी स्वास्थ्य सेवाबाट बन्चित भएको स्वास्थ्य महानिर्देशनालयले स्वीकार गरेको छ।

पोर्चुगलमा कोरोना भाइरसको पछिल्लो अवस्था :

पोर्चुगलमा आज मात्रै कोरोना संक्रमणले १०२ जनाको ज्यान गएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ५०२ जना संक्रमित थपिएका छन्।

संक्रमितहरुमध्ये ३ हजार ७७० जनादेशका विभिन्न अस्पतालहरुमा भर्ना भएका छन्। चिन्ताजनक अवस्थामा भएका ५५८ जनाको आइसियुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार