लिस्बन।
नयाँ कोरोनाभाइरस कोभिड १९ का लागि दुई पटक सकारात्मक र नकरात्मक परीक्षण गरिसकेका मार्सेलो रेबेलो डे सुसाले आफू आइसोलेशनमा बस्नु पर्ने हो कि छैन भन्ने सम्बन्धमा स्वास्थ्य अधिकारीहरुले निरन्तर दोहोरोपन गरेकोमा चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य अधिकारीहरुको अनिर्णयमा राष्ट्रपति मार्सेलो चिढिएका हुन्।
राष्ट्रपति मार्सेलोले पछिल्लो रात क्यास्काइसमा आफ्नो घरबाहिर पत्रकारहरुलाई भने कि उनी टेलिभिजनको प्रत्यक्ष बहसमा उपस्थित हुन सक्छन वा सक्दैनन् भनेर क्षेत्रीय स्वास्थ्य प्रतिनिधिबाट पुष्टि प्राप्त गर्न असमर्थ भएपछि उनी धेरै चिन्तित थिए।
स्वास्थ्य अधिकारीहरुले विरोधाभासपूर्ण सल्लाह दिए पछि राष्ट्रपतिले घरमै बस्ने निर्णय गरेका छन् ।