लिस्बन।
पोर्चुगलमा ‘लकडाउन’ सुरु भएको पहिलो दिनमै १५९ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ। मृतकको यो संख्या अहिलेसम्मकै उच्च हो।
पछिल्लो २४ घन्टामा १० हजार ६६३ जनामा कोरोनाका बिरामी थपिएका छन्। अघिल्लो दिन यो संख्या १० हजार ६९८ थियो ।
नयाँ बर्षको शुरुवातीसंगै संक्रमित र मृत्यु दुबैको संख्यामा उच्च बृद्धि भएपछि सरकारले संकटकालको घोषणा गर्दै लकडाउनलाई निकै कडा बनाएको छ। क्रिसमस र नयाँ बर्षको अवसरमा सरकारले लिएको खुकुलो नीतिले पछिल्ला दिनयता संक्रमण र मृत्यको दर आकाशिएको हो।
स्वास्थ्य महानिर्देशनालयको तथ्यांक अनुसार सोही समयमा ६ हजार ४५८ जना संक्रमित उपचार पछि घर फर्किएका छन् ।
युरोपियन युनियनका अन्य देशहरुमा पनि कोरोनाको नराम्रो प्रभाव परेको छ । शुक्रबार सबैभन्दा धेरै युकेमा एक हजार २८० जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा ४७७, पोल्याण्डमा ३८६, जर्मनीमा २५३ जनाको मृत्यु भएको छ । शुक्रवार मात्रै युरोपमा ४ हजार १७१ जनाको कोरोनाकै कारण ज्यान गएको छ।