पोर्चुगल : सार्वजनिक स्थानमा मास्क लगाउन नमान्ने प्रहरी हिरासतमा !

लिस्बन।

पोर्चुगलमा सार्वजनिक स्थान सडकमा मास्क लगाउन इन्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

आज शुक्रवार जीएनआर प्रहरीद्वारा एक ४७ बर्षीय पुरुष पक्राउ परेका हुन्।

भिला भेर्दमा पक्राउ परेका उनलाई सुरक्षा अधिकारीले मास्क लगाउन आग्रह गर्दा पनि नमानेपछि उनलाई जीएनआर प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका ति व्यक्ति सडकमा बिना मास्क निर्धक्क हिदिरहेका थिए।

पक्राउ परेका ति व्यक्तिलाई अदालतमा उपस्थित गराईएको छ , अहिले उनि प्रहरी हिरासतमा छन्।

पोर्चुगलमा आजबाट शुरु भएको नवौ चरणको संकटकाल र लकडाउनमा कडा नियमहरु लागु गरिएको छ, जसमा सार्वजनिक स्थान र सडकमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। यो नियम उल्लङ्घन गर्नेलाई एक हजार युरोसम्म जरिवाना हुने सरकारले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार