कफी, पार्टी, बर्बक्यु, जुवातास, रमाइलो र मस्तीले पोर्चुगलको कम्पान्हो नामक पुरै गाउँ नै भयो कोरोना संक्रमित !

लिस्बन।

पोर्चुगलको उत्तरी क्षेत्र मोन्दिम दे बास्तोमा रहेको एक गाउँ कम्पान्होका लगभग सबै बासिन्दा कोरोना संक्रमित भएका छन्।

कहिँ तपाई हामी पनि कोरोना संक्रमित भएर पनि साथीभाईहरुसँग यस्तै गल्ती गरिरहेका त छैनौ ? आफैलाई प्रश्न सोधौ ! सकेसम्म घरमै बसौ , बिना काम घरबाहिर ननिस्कऔं , जमघट कम गरौ, घरबाहिर निस्कदा मास्क र सेनिटाइजरको प्रयोग गरौ, सुरक्षित रहौ, स्वास्थ्य रहौ।

उक्त गाउँमा रहेको एक क्याफेबाट कोरोना पुरै गाउँमा फैलिएको बुझिएको छ। अहिले उक्त गाउँलाई ” कोभिड भिलेज ” नाम दिईएको छ।

गाउँको एक क्याफेमा लगातार कफी पार्टी, बर्बक्यु, जुवातास र रमाइलो गर्ने अन्य उपायहरु बिहानैदेखि अबेर रातिसम्म चलिरहन्थे । जसका कारण

उक्त गाउँमा एक बथान युवाहरु फ्रान्सबाट नयाँ बर्ष मनाउन आए। सबै गाउँलेहरु जम्मा हुने गाउँकै एकमात्र क्याफेमा पुगे। त्यहाँ सिंगो सुँगुर बर्बक्यु गरियो, दिनभरि दारुपानी चल्यो, राति अबेरसम्म समाइलो गरे। एउटै प्लेटबाट हात चाट्दै मासु साटासाट गरे, शेयर गरेर खाए। क्याफेमा कफी पिउन आएका गाउँलेहरुलाई पनि खिलाए, पिलाए। हात चाट्दै, र्याल भ्याएका हातले सबैलाई पोलेको मासु बाँडे, सबैले खाए सबै रमाए ।

ति युवाहरु क्रिसमस र नयाँ बर्षमा रमाइलो गरेर जनवरी ३-४ तारिखमा सबै फ्रान्स फर्किए तर उक्त गाउमा कोरोना छोडेर गए, किनकि उनीहरुमध्ये कयौमा कोरोना संक्रमण भएको रहेछ। एक जना बाट ४० जना बस्ने उक्त गाउँमा सबैमा कोरोना संक्रमण फैलियो।

भिला रियाल जिल्लाको उक्त गाउँ अहिले पुरै कोरोना संक्रमितले भरिएको छ।

कहिँ तपाई हामी पनि कोरोना संक्रमित भएर पनि साथीभाईहरुसँग यस्तै गल्ती गरिरहेका त छैनौ ? आफैलाई प्रश्न सोधौ ! सकेसम्म घरमै बसौ , बिना काम घरबाहिर ननिस्कऔं , जमघट कम गरौ, घरबाहिर निस्कदा मास्क र सेनिटाइजरको प्रयोग गरौ, सुरक्षित रहौ, स्वास्थ्य रहौ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार