“पोर्चुगलमा स्वास्थ्य संकटकाल ९ मार्चसम्म लम्बिनेछ” : राष्ट्रपति मार्सेलो

सुरेश जोशी, पोर्चुगल।

पोर्चुगलमा स्वास्थ्य संकटकाल ९ मार्च २०२१ सम्म लम्बिने भएको छ।

राष्ट्रपति मार्सेलोले भने , ” पोर्चुगलमा कोरोनाक संक्रमित र मृतकको संख्यामा भएको लगातार बृद्धिलाई ‘ब्रेक लगाउन ‘ संकटकाल लम्ब्याउन अनिवार्य छ। संकटकाल र लकडाउनले रोजगारी गुमाउने नागरिकहरुको लागि सरकारले सतप्रतिशत तलब भत्ताको व्यवस्था गरेको छ। ”

राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले आज सान्ता मारिया अस्पतालमा पत्रकारहरुसँगको कुराकानीका क्रममा सो बताउनुभएको हो।

पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्यामा लगातार वृद्धि भएपछि नियन्त्रणका उपायहरुको रुपमा बर्तमान अवस्थाको स्वास्थ्य संकटकाल ६ नोभेम्बर २०२० बाट लागु गरिएको हो जुन ३० जनवरीसम्मका लागि नबिकरण गरिएको छ।

राष्ट्रपति मार्सेलोलेपोर्चुगलमा कोरोना नियन्त्रण गर्न आफ्नो कार्यकालभरि देशमा स्वास्थ्य संकटकाल लगाउने घोषणा गरेका छन्। चलिरहेको राष्ट्रपतीय निर्वाचनमा सोहि पदका उम्मेदवार समेत रहेका मार्सेलोको कार्यकाल ९ मार्च, २०२१ मा अन्त्य हुदैछ। राष्ट्रपति मार्सेलोले आफ्नो बर्तमान कार्यकालभरी संकटकाल लगाउने निर्णय लिएसंगै ९ मार्च, २०२१ सम्म पोर्चुगलमा संकटकाल लागु हुने निश्चित भएको छ।

राष्ट्रपतिको सो निर्यणसंगै जनवरीको २९ तारिख उनले संकटकालको नबिकरण गर्नेछन र आफ्नो कार्यकाल भरिको लागि थप तीन पटकसम्म संकटकाल नबिकरण हुनेछ।

संबिधान अनुसार संकटकाल लागु गर्न राष्ट्रपतिले गरेको प्रस्तावलाई संसदले अनुमोदन गर्नुपर्छ। पोर्चुगलमा हालसम्म राष्ट्रपतिले गरेका संकटकालका सबै प्रस्ताव संसदले पारित गरेकाले राष्ट्रपति मार्सेलोले यो प्रस्ताव पनि संसदले सजिलै अनुमोदन गर्नेछ।

राष्ट्रपति मार्सेलोले भने , ” पोर्चुगलमा कोरोनाक संक्रमित र मृतकको संख्यामा भएको लगातार बृद्धिलाई ‘ब्रेक लगाउन ‘ संकटकाल लम्ब्याउन अनिवार्य छ। संकटकाल र लकडाउनले रोजगारी गुमाउने नागरिकहरुको लागि सरकारले सतप्रतिशत तलब भत्ताको व्यवस्था गरेको छ। ”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार