लिस्बन।
पोर्चुगलमा कोरोना भाइरसको संक्रमण दर र त्यसलाई रोकथाम गर्न सरकाले अवलम्बन गरेको संकटकाल र लकडाउन नीतिले २०२१ को पहिलो तिन महिना अर्थात् मार्चसम्ममा रेस्टुरेन्ट होटेलमा काम गर्ने कम्तिमा एक लाख कामदारको रोजगारी गुम्नसक्ने अनुमान गरिएको छ।
नेसनल रेस्टुरेन्ट प्रोमोशन एण्ड इनोभेशन असोसिएशनले गरेको एक सर्वेक्षण अनुसार चालु अवस्थामा रहेका हरेक रेस्टुरेन्टले कम्तिमा ३-४ जना कर्मचारीलाई सेवाबाट बिदाइ गर्ने जनाएका छन्।
नेसनल रेस्टुरेन्ट प्रोमोशन एण्ड इनोभेशन असोसिएशनले सरकारले कोरोना नियन्त्रणका लागि ल्याएको संकटकाल र लकडाउनका उपायहरुको आलोचना गरेका छन्।
संकटकाल र लकडाउनका कारण पोर्चुगलमा पर्यटकमा आश्रित रहेका अधिकांस होटेल रेस्टुरेन्टहरु लामो समयदेखि बन्द छन्।