पोर्चुगलमा कोरोना : संक्रमित र मृतकको संख्या अहिलेसम्मकै उच्च , एकैदिनमा १४,६५७ संक्रमित, २१९ को मृत्यु !

लिस्बन।

पोर्चुगलमा कोरोनाक संक्रमित र मृतकको संख्या आकाशिएको छ।

पोर्चुगलमा एकैदिनमा १४ हजार ६५७ जना संक्रमित र २१९ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले आज बुधबार सार्वजनिक गरेको छ।

पोर्चुगलमा कोरोनाबाट एकै दिन संक्रमित हुने र मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो।

पोर्चुगलमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेहरुको संख्या ९ हजार ४६५ पुगेको छ। हालसम्म कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ६०५ पुगेकोमा ४ लाख ३७ हजार ८२९ जना उपचार पश्चात् निको भईसकेका छन्।

पोर्चुगलमा कोरोनाक सक्रिय बिरामीको संख्या बढेर १ लाख ४३ हजार ७७६ पुगेको छ।

कोरोनाका सक्रिय बिरामीहरुमध्ये ५ हजार ४९३ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। चिन्ताजनक अवस्थामा रहेका ६८१ जनाको उपचार आइसियुमा भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

#InUpdate

तपाईंको स्वास्थ्यमा खराबी आएमा, कोरोनाका लक्षण देखिएमा वा शंका लागेमा के गर्ने ?

– SNS24 को २४ सैं घण्टा उपलब्ध स्वास्थ्य सेवाको सम्पर्क नम्बरको 808242424 मा कल गर्नुहोस् !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार