सबिन धिताल , लिस्बन।
(# पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्ता तेमिदो र लक्जमबर्गकी स्वास्थ्यमन्त्री पौलेट लेनेर्ट)
पोर्चुगलमा क्षमताभन्दा बढी कोरोनाका बिरामीले अधिकांस अस्पतालहरु भरिभराउ भएपछि लक्जमबर्ग सरकारले पोर्चुगलबाट बिरामी लगेर आफु उपचार गर्न तयार भएको जनाएको छ।
पछिल्लो दुई सातादेखि पोर्चुगलमा कोरोना संक्रमितहरुको बिरामीहरुको संख्या आकाशिएपछि यहाका यहाका अस्पतालहरु कोरोनाक बिरामीहरुले भरिएका छन्। सरकारले अस्पतालहरुको क्षमतामा वृद्धि गरेतापनि उपलब्ध भएका साधन र श्रोतहरु संक्रमितहरुको संख्याको आधारमा प्रयाप्त नभएको र कुनै पनि समयमा अस्पतालहरुको क्षमता भरिएर नागरिकहरु स्वास्थ्यसेवाबाट बन्चित हुनसक्ने स्वास्थ्यमन्त्री मार्ता तेमिदोले बताएकी छिन।
पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्यामा आकाशिदो वृद्धि र अस्पतालहरुले क्षमताले बिरामीको चाप थेग्नै नसक्ने भएमा, पोर्चुगल सरकारलाई आवश्यक परे लक्जमबर्गले कोरोनाका बिरामी लगेर उपचार गर्न तयार भएको त्यहाकी स्वास्थ्यमन्त्री पौलेट लेनेर्टले बताएकी छिन्।
पोर्चुगलमा पछिल्लो २४ घण्टामा १४ हजार ६५७ जना संक्रमित र २१९ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ।पोर्चुगलमा कोरोनाबाट एकै दिन संक्रमित हुने र मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो।
पोर्चुगलमा कोरोनाका सक्रिय बिरामीको संख्या बढेर १ लाख ४३ हजार ७७६ पुगेको छ।
कोरोनाका सक्रिय बिरामीहरुमध्ये ५ हजार ४९३ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ। चिन्ताजनक अवस्थामा रहेका ६८१ जनाको उपचार आइसियुमा भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पोर्चुगलमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेहरुको संख्या ९ हजार ४६५ पुगेको छ। हालसम्म कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ६०५ पुगेकोमा ४ लाख ३७ हजार ८२९ जना उपचार पश्चात् निको भईसकेका छन्।