पोर्चुगलमा कोरोना मृतकको संख्यामा नयाँ रेकर्ड : एकैदिनमा २३४ को मृत्यु, लिस्बनमा मात्रै १११ को ज्यान गयो !

लिस्बन।

पोर्चुगलमा कोरोना भाइरसका कारण एकै दिन ज्यान गुमाउनेको संख्यामा नयाँ रेकर्ड बनेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले २३४ को मृत्यु भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ। मृतकको यो संख्यामा पोर्चुगलमा अहिलेसम्मकै उच्च हो।

पछिल्लो २४ घण्टामा मृत्यु भएका २३४ मध्ये १११ जनाको ज्यान लिस्बनमा मात्रै गएको हो। पोर्चुगलमा पछिल्लो समय राजधानी लिस्बन कोरोनाको सबैभन्दा तिब्र संक्रमण वृद्धिदर र उच्च मृतकदर क्षेत्रको रुपमा रहेको छ।

सोहि समयमा १३ हजार ९८७ जना नयाँ संक्रमित थपिएका छन्।

पोर्चुगलमा हालसम्म कोरोनाकै कारण ९ हजार ९२० जनाले ज्यान गुमाईसकेका छन्।

स्वास्थ्य महानिर्देशनालयको आजको तथ्यांक अनुसार पोर्चुगलमा हाल १ लाख ५७ हजार ६६० जना सक्रिय बिरामी छन्। सक्रिय बिरामीहरुमध्ये ५ हजार ७७९ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ।

चिन्ताजनक अवस्थामा रहेका ७१५ जनाको आइसीयुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार