पोर्चुगलमा कोरोना : शवगृहहरु भरिनै लागे, स्वास्थ्य महानिर्देशनालयद्वारा मेडिकल इन्स्टिच्युटलाई शवघरको क्षमता वृद्धि गर्न निर्देशन !

लिस्बन।

पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले मेडिकल इन्स्टिच्युटलाई शवघरको क्षमता वृद्धि गर्न निर्देशन दिएको छ।

पछिल्लो केहि सातादेखि लगातार दिनदिनै नयाँ नयाँ रेकर्ड तोडिदै कोरोना कारण मृतकहरुको संख्या आकाशिएपछि अस्पतालहरुका शवगृहहरु भरिन थालेका छन्। मृतकहरुको संख्यामा दिनदिनै वृद्धि भएकाले अस्पतालहरुमा शव राख्ने रेफ्रिजिरेटरको समेत अभाव भएको छ।

उसो त अस्पतालहरुमा कोरोनाका बिरामीले भरिभराउ भएर खाली बेडको अभावमा इमरजेन्सीका बिरामीहरु नै अस्पतालको गेटमा एम्न्बुलेन्समा घन्टौ कुर्न बाध्य छन्।

मृतकहरुको संख्या ह्वात्तै बढेपछि शव व्यवस्थापन गर्ने सेवा कम्पनीहरु ‘ फ्युनारल सर्भिस ‘ हरुलाई पनि हम्मेहम्मे परेको छ।

पछिल्लो तथ्यांक अनुसार लिस्बनमा दाहसंस्कार गर्न कम्तिमा ७२ घण्टा र देशका अन्य क्षेत्रमा कम्तिमा ३-५ दिन कुर्नुपर्ने अवस्था आएको छ।

पोर्चुगलमा कोरोना भाइरसका कारण आज मात्रै २३४ को मृत्यु भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ। मृतकको यो संख्यामा पोर्चुगलमा अहिलेसम्मकै उच्च हो। मृत्यु भएका २३४ मध्ये १११ जनाको ज्यान लिस्बनमा मात्रै गएको हो।

पोर्चुगलमा हालसम्म कोरोनाकै कारण ९ हजार ९२० जनाले ज्यान गुमाईसकेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार