लिस्बन।
पोर्चुगलमा राष्ट्रपतीय निर्वाचनका लागि चुनाव प्रचार अभियानमा हिडेका एक उम्मेदवारमाथि ढुंगा प्रहार भएको छ।
राष्ट्रपतीय निर्वाचनका ७ जना उम्मेदवारमध्येका आन्द्रे वेन्तुरामा माथि सेतुबालमा ढुंगा प्रहार भएको हो।
चुनाव प्रचार अभियानमा सेतुबालमा पुग्दा त्यहा बिरोध प्रदर्शन भईरहेको र प्रदर्शनकारीहरुले ढुंगा हानेको प्रहरीले जनाएको छ।
प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न खोज्दा उनीहरुले प्रहरीमाथि समेत ढुंगा प्रहार गरेका थिए ।
राष्ट्रपति पदका उम्मेदवार वेन्तुरामाथि ढुंगा प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
फोटो : रुइ मिन्देरिको ( सिएमटिभी )