किन हटायो न्युज २४ ले सिधा कुरा जनतासंगको अन्तिम भाग ? यस्तो के थियो त्यो एपिसोडमा ? ( हेर्नुहोस् पुरा भिडियो )

काठमाडौँ।

बहुचर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले न्युज २४ छोडेको घोषणा गरेसंगै न्युज २४ बाट प्रशारित हुने सिधा कुरा जनतासंगको अन्तिम भाग लाइभ प्रशारण भईरहदा उक्त टेलिभिजनले उक्त अन्तिम भाग बीचबाटै प्रतक्ष्य प्रशारण बन्द गरिदियो।

सिधा कुरा जनतासंग कार्यक्रमकै कारण न्युज २४ टेलिभिजन देशकै नम्बर एक टेलिभिजन च्यानल बन्न सफल भएको थियो।

आफ्नो कार्यक्रम प्रतक्ष्य प्रशारण भईरहदा बिचमै काटिएपछि कार्यक्रम प्रस्तोता तथा पत्रकार रबि लामिछानेले भावुक हुदै आफ्नो फेसबुकमा यस्तो लेखेका छन् :

” दुख लाग्यो…५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दुख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै काटिएकोमा झन दुख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार