पोर्चुगलमा पछाडीको ढोकाबाट लुकिछिपी कफी बेच्ने व्यवसायी सहित १२ जना ग्राहक पक्राउ : क्याफे मालिकलाई १० हजार र ग्राहकलाई जनही २०० युरो जरिवाना !

लिस्बन।

पोर्चुगलमा संकटकाल र लकडाउन कानुन बिपरित पछाडीको ढोकाबाट लुकिछिपी कफी बेच्ने व्यवसायी सहित १२ जना ग्राहकलाई प्रहरीले पक्राउ गरेको छ।

संकटकाल र लकडाउन कानुन उल्लङ्घन गरेको आरोपमा प्रहरीले क्याफेका मालिकलाई दश हजार युरो र १२ जना ग्राहकलाई जनही २०० युरो जरिवाना गरेको हो। घटना स्पेन्होको हो। संकटकाल र लकडाउनको परिमार्जित कानुन अनुसार क्याफेले ढोकामा कफी सहित कुनै पनि पेय पदार्थ बेच्न नपाउने नियम छ।

पोर्चुगलको सरकारले आज संकटकाल कानुनमा परिवर्तन गर्दै सुरक्षा अधिकारीहरुलाई कानुन उल्लङ्घन गर्नेलाई स्पटमै ( ठाउँको ठाउँ ) जरिवाना गर्ने अधिकार दिएको छ।

संकटकाल कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा २०० युरोदेखी १००० युरोसम्म र व्यवसायलाई कम्तिमा २००० युरोदेखी १०,००० युरोसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ। स्पटमै जरिवाना तिर्न नसक्नेलाई अदालतमा बोलाईने र अदालती प्रकृयासम्मको सबै हर्जाना रकम समेत कानुन उल्लङ्घनकर्ताले तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार