लिस्बन।
पोर्चुगलमा कोरोना कहरका बीच आज सम्पन्न राष्ट्रपतिको निर्बाचनमा मर्सेलो रेबेलो दे सौसा निर्वाचित भएका छन्।
पोर्चुगलमा राष्ट्रपति पदको निर्वाचनका लागि २ जना महिला उम्मेदवार सहित ७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मर्सेलो दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
राष्ट्रपति पदको उम्मेदवारहरुमा मर्सेलो रेबेलो दी सौसाले कुल मतको ६३.४ प्रतिशत , आन्द्रे वेन्तुरा ( १२. ३ % ) , आना गोमेस ( १०. ९ % ), जॉओ फेर्रेइरा ( ३. ८ % ) , मरिसा मतिअस ( ३. ७ % ) , वितोरिनो सिल्वा ( ३. ५% ) र तिअगो मयन गोंकाल्वेसले ( २. ५ % ) मत ल्याएका छन्।
राष्ट्रपति निर्वाचनमा बिजयी भएसंगै बहालवाला मर्सेलोले २०२१ देखि अर्को ५ बर्षका लागि गणतन्त्र पोर्चुगलको राष्ट्र प्रमुख भएका छन्।