लिस्बन।
मास्क नलगाई खाना डेलिभरी गर्ने ‘ उबर इट्स ‘ कामदारलाई प्रहरीले स्पटमै (ठाउँको ठाउँ) जनही २०० युरो जरिवाना गरेको छ।
लिस्बनको साल्दन्ह्या नजिकै ३ जनाको समुहमा साइकलमा खाना डेलिभरी काम गरिरहेका उनीहरुसंग मास्क थियो, तर त्यसको सहि प्रयोग गरेका थिएनन् ।
गस्तीमा रहेका प्रहरीले उनीहरुलाई बिना मास्कमा देखिएपछि जनही २०० युरोको दरले स्पटमै जरिवाना गरेको छ।
सरकारले घरबाहिर सार्वजनिक स्थान र सडकमा मास्कको प्रयोग अनिवार्य गरेको छ।
पोर्चुगल सरकारले संकटकाल कानुन र लकडाउनका नयाँ उपाहरुमा परिमार्जन गर्दै कानुनको उल्लङ्घन गर्नेलाई स्पटमै जरिवाना गर्ने अधिकार सुरक्षा अधिकारीलाई दिएको छ।
पछिल्लो नियम अनुसार संकटकाल कानुन र लकडाउनका उपायहरु उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरीले स्पटमै २०० देखि १००० युरोसम्म र व्यवसायीलाई कम्तिमा २००० देखि २०,००० युरोसम्म जरिवाना गर्न सक्नेछन।