लिस्बन।
पोर्चुगलमा कोरोना संक्रमण बढेसंगै यहाका अधिकांस अस्पतालहरु बिरामीले भरिएका छन्।
अस्पतालमा बेड खाली नहुदा सिकिस्त बिरामी बोकेका इमरजेन्सी एम्बुलेन्सहरु अस्पताल गेट बाहिर घन्टौ कुर्न बाध्य छन्। बिरामी बोकेर अस्पताल बाहिर लाम लागेका एम्बुलेन्स हेर्दा यस्तो लाग्छ कि मानौ यो एम्न्बुलेन्सको रेल हो। कयौ अस्पतालहरुमा बिरामीहरु एम्बुलेन्समा ८-८ घण्टा कुर्न बाध्य भएका छन्।
अस्पतालमा बेडको अभावमा चिकित्सकहरुले बिरामीहरुको उपचार एम्बुलेन्सभित्रै गरिरहेको खबर स्थानीय संचारमाध्यमहरुले दिईरहेका छन्।
जनसंख्याको आधारमा पछिल्लो एक सातादेखि पोर्चुगलको कोरोना संक्रमण दर र मृत्युदर संसारमै उच्च छ।
SNS24 को २४ घन्टे सेवा टेलिफोन नम्बर 808242424 अत्यत्नै व्यस्त भएको छ। क्षमताभन्दा बढी फोनकलले गर्दा आवाज नबुझिने, निकै लामो समय कुर्नुपर्ने र बिचबिचमै लाइन काटिने भएको छ।