पोर्चुगलमा कोरोना : पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुने धेरै, मृतकको संख्या अहिलेसम्मकै उच्च , २९१ को ज्यान गयो !

लिस्बन।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। उक्त समयमा १० हजार ७६५ जना संक्रमित थपिएका छन् भने १३ हजार ७२८ जना निको भएका छन्।

एकैदिनमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी हुदा केही सकारात्मक संकेत देखिएता पनि आज मात्रै २९१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। कोरोनाक कारण एकै दिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो।

पोर्चुगलमा कोरोना संक्रमण शुरु भएयता ११ हजार १२ जनाले ज्यान गुमाईसकेका छन्।

हालसम्म ६ लाख ५३ हजार ८७८ जना संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयको तथ्यांक छ।

संक्रमितहरुमध्ये ६ हजार ४७२ जना अस्पताल भर्ना भएका छन् , जसमध्ये सिकिस्त रहेका ७६५ जनाको आइसियुमा उपचार भईरहेको छ।

संक्रमितहरुमधे आधाभन्दा बढी लिस्बनमा रहेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार