पोर्चुगल : कोरोना संक्रमित पतिले सार्वजनिक यातायात बसमा शहर घुमेपछि श्रीमतीले गरिन् प्रहरीलाई उजुरी !

लिस्बन।

पोर्चुगलको ब्रागामा कोरोना संक्रमित आफ्ना पतिले सार्वजनिक यातायात बसमा यात्रा गरेपछि पत्नीले प्रहरीलाई उजुरी गरेकी छिन्।

कोरोना संक्रमित आफ्ना पति घरमा नदेखेपछि उनले श्रीमानसंग सम्पर्क गर्दा बसमा यात्रा गरिरहेको थाहा पाईन् र त्यसपछि प्रहरीलाई खबर गरिन्।

जीएनआर प्रहरी , फायरफाइटर, नागरिक सुरक्षा अधिकारिहरुले उनका श्रीमानको खोजि गरे र बसभित्र यात्रा गरिरहेको भेट्टाए। ति व्यक्तिलाई प्रहरीले पक्राउ गरि उनकै घरमा छोड्यो। उनीमाथि संकटकाल कानुन र अनिवार्य क्वारेन्टिन उल्लङ्घन गरेको आरोपमा अदालतमा उपस्थित गराईनेछ।

बसमा यात्रा गरिरहेका सबै यात्रुहरुको व्यक्तिगत बिवरण संकलन गरिएको छ र एनएचएसले कोरोना परीक्षण गर्नेछ। आजको सिएममा खबर छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार