लिस्बन।
सीटिटि हुलाक सेवामा कोरोनाको प्रकोप देखिएपछि चिठीपत्र ढुवानी र सेवामा ढिलाई भएको छ।
सिटिटि हुलाक सेवाका कर्मचारी र हुलाकि गरी नौ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा भएका अन्य कर्मचारीहरु पनि आइशोलेसनमा रहेका छन्।
घटना कामिन्हाको हो। नगरपालिकाले एकै स्थानमा काम गर्ने नौ जना कर्मचारी र हुलाकिमा कोरोना संक्रमण देखिएपछि सेवामा ढिलाई भएको तर अन्य नजिकका क्षेत्रबाट कर्मचारी र हुलाकी झिकाएर तुरन्तै सेवा सुचारु गरिने जनाएको छ।
नगरपालिकाका अनुसार अर्को साताबाट हुलाक सेवा पुर्णरुपमा सुचारु हुनेछ। श्रोतले भन्यो, ” संक्रमित कर्मचारी र हुलाकीहरु उपचारमा रहेका छन्। उनीहरु निको भएपछि मात्रै काममा फर्कनेछन्। ”