लिस्बन।
कोरोनाका सिकिस्त बिरामी बोकेका ३० एम्बुलेन्स बेडको अभावमा बुधबार बेलुका लिस्बनको सान्ता मारिया अस्पताल गेटमै ७ घण्टाबढी कुरेरै बसे।
अस्पतालमा कोरोनाका बिरामीको चापले उनीहरुको व्यवस्थापन र उपचार अस्तव्यस्त हुदा एम्बुलेन्समै सात घण्टाभन्दा बढी कुरेका बिरामीहरु बिना खाना कुर्न बाध्य भए।
एम्बुलेन्स र आकस्मिक सेवामा कार्यरत स्वस्थाकर्मी, फायर फाइटर, र बिरामी पनि एम्बुलेन्समा भोकभोकै रहेको समाचार स्थानीय टेलिभिजनबाट प्रशारण भएपछि उनीहरुलाई खाना, पानि र अन्य सहयोग गर्न कयौ सामाजिक संस्थाहरु र नागरिकहरु पुगेका थिए।
लामो समयसम्म अस्पताल गेटमै एम्बुलेन्सभित्र कुरेका बिरामी अन्य अस्पतालबाट ल्याईएका बिरामी भएको अस्पताल श्रोतले बतायो।