लिस्बन।
पोर्चुगलमा दैनिक ५२ हजारको कोभिड परिक्षण हुने गरेको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले जनाएको छ।
डिसेम्बरमा दैनिक ३४ हजारको कोभिड परिक्षण हुने गरेको भएतापनि जनवरीमा कोरोना संक्रमण बढेका कारण परिक्षणको दायरा पनि बढाएर दैनिक ५२ हजारको कोभिड परिक्षण गरिदै आएको हो।
कोरोना परिक्षणको दायर बढाउन हरेक वडामा घुम्ती र अस्थाई कोभिड परिक्षण केन्द्रहरु समेत बनाईएको छ।
दैनिक परिक्षणको संख्या अझै बढाइने राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले जनाएको छ।
पोर्चुगलमा कोरोनाका कारण हालसम्म १२ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् भने ७ लाख ११ हजार ८१ जना संक्रमित भएका छन्।