लिस्बन।
अल्गार्भमा घरभित्र भईरहेको एक निजि पार्टीमा जीएनआर प्रहरीले हस्तक्षेप गरि २० जनालाई पक्राउ गरेको छ।
अल्गार्भ्को भिलामोरामा एक निजि निवासभित्र भईरहेको उक्त पार्टीमा पक्राउ परेका उनीहरुमाथि लकडाउन र संकटकाल कानुन उल्लङ्घन गरेको अभ्गियोग लगाईएको छ।
२९ जनवरीमा भयको उक्त घटनामा पक्राउ परेका उनीहरुलाई अदालतमा उपस्थित गराईने प्रहरीले जनाएको छ।
उनीहरु पार्टी गरिरहेको ठाउँबाट संगीतको आवाज आएपछि र होहल्ला भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
पोर्चुगलमा संकटकाल र लकडाउन कानुनको पछिल्लो अपडेट अनुसार जुनै पनि किसिमको जमघट, सभा, समारोह, पार्टी आदि निषेध गरिएको छ।