पोर्चुगलमा ३ लाख ४० हजार डोज खोप लगाईयो, नेपालीले पनि लगाए खोप

लिस्बन।

पोर्चुगलमा कोरोना बिरुद्धको बायोटेक फ़ाइजर खोप ३ लाख ४० हजार डोज लगाईसकिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। यो संख्यामा ७० हजार खोप भने दोश्रो डोज रहेको बताईएको छ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मार्ता तेमिदोले भनिन् , ” केयर होमहरुमा पहिलो चरणको खोप लगाउने कार्य पुरा भएको छ। यो सातादेखि ८० बर्ष माथि उमेर भएका र ५०-७९ बर्ष उमेर समूहमा रहेका तर दीर्घरोग वा स्वास्थ्य जटिलता भएकाहरुलाई खोप लगाउन शुरु गरिनेछ।सरकारको तथ्यांकमा यस्ता व्यक्तिहरु नौ लाख छन्। उनीहरुलाई टेलिफोन एसएमएस अथवा उनीहरुले चाहेको माध्यमबाट सम्पर्क गर्ने कार्य शुरु भईसकेको छ ”

पोर्चुगलले हालसम्म ४ लाख भ्याक्सिन प्राप्त गरिसकेको छ जसमध्ये ३ लाख ८० हजार बायोटेक फ़ाइजर र २० हजार मोडेर्ना भ्याक्सिन रहेका छन्। यसै साता पोर्चुगलले थप मोडेर्नाबाट थप दुई र फ़ाइजरबाट थप ३ लट भ्याक्सिन प्राप्त गर्दैछ।

दुई जना नेपालीले लगाए खोप :

पोर्चुगलमा कोरोना बिरुद्धको खोप ३ लाख ४० हजारलाई लगाईदा नेपालीले पनि खोप लगाउने मौका पाएका छन्।

– नर्स इन्दिरा व्यन्जनकार श्रेष्ठ

इन्दिरा व्यन्जनकार श्रेष्ठ पोर्चुगलमा नर्सको रुपमा कार्यरत पहिलो र एकमात्र नेपाली हुन्। अस्पतालमा काम गर्ने भएकाले जोखिम सुचिमा परेका फ्रन्टलाइनरहरुलाई प्राथमिकताको आधारमा उनले २१ जनवरीमा खोप लगाएकी हुन्। खोपले उनीमा कुनै लक्षणहरु र असरहरु देखा नपरेको उनको अनुभव छ।

– सुब्रत रिमाल

पोर्चुगलमा कोरोना बिरुद्धको खोप लगाउने अर्का नेपाली हुन् सुब्रत कुमार रिमाल। करिब ७ बर्ष अगाडी कृषि मजदुरका रुपमा पोर्चुगल आएका रिमालका यहाँ आएको केहि समयमा नै दुबै मृगौला खराब भए। सन् २०१५ देखि नै डाइलोसिस् गराउंदै आएका रिमाललाई पोर्चुगल सरकारले २०१६ मा मानव तस्करीको पिडितको रुपमा घोषणा गर्यो। त्यतिबेलादेखि नै उनि सामाजिक सुरक्षाको संरक्षणमा छन्। दिर्घ तथा स्वास्थ्य जोखिम समुहमा भएकाले उनले पनि प्राथमिकताको आधारमा २८ जनवरीमा खोप लगाउने मौका पाएका हुन्। खोप लगाएपछि रिमाललाई सामन्य ज्वरो आएको र टाउको दुख्ने लक्षणहरु देखापरेका थिए।

पोर्चुगलमा करिब ३० हजार बढी नेपाली बसोबास गर्ने अनुमान छ।

#InUpdate

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार