पोर्चुगल : अल्भालादेको एक नर्सिङ होममा बस्ने ५५ जनामा ५४ लाई कोरोना संक्रमण, एकको मृत्यु !

लिस्बन।

पोर्चुगलको अल्भालादेमा अवस्थित एक नर्सिङ होममा बस्ने ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये एकले उपचारकै क्रममा ज्यान गुमाएका छन्।

उक्त नर्सिङ होममा ५५ जना बृद्धबृद्धाहरु आश्रित छन्, जसको स्याहारसुसार गर्न ३३ जना कर्मचारीको व्यवस्था गरिएको छ।

संक्रमितहरुमा ४० जना आश्रित व्यक्तिहरु र बाँकी १४ जना कर्मचारी रहेका छन्।

अस्पतालमा बेड खाली नभएकोले उक्त केयर होममा नै संक्रमितहरुको उपचार भईरहेको छ।

केयर होमभित्र संक्रमितहरुको लागि एक र संक्रमित नभएकाहरुको लागि अर्को छुट्टै राख्ने व्यवस्था गरेर राखिएको केयर होम व्यवस्थापन समितिका अध्यक्ष वाल्टर गुएर्रेइरोले बताएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार