जर्मन सरकारले पोर्चुगललाई पठायो सहयोग : २६ डाक्टर, १५० अस्पताल बेड, ५० भेन्टिलेटर र मोडेर्ना भ्याक्सिन !

लिस्बन।

कोरोना बिरुद्धको लडाईमा जर्मन सरकारले पोर्चुगललाई सहयोग पठाएको छ।

सहयोगको पहिलो चरणमा जर्मनीले २६ जना डाक्टर, १५० शैया र ५० भेन्टिलेटर सहयोग पठाएको छ।

जर्मनीले सैन्य चिकित्सकको टोलीले मोडेर्ना भ्याक्सिनको पहिलो डोज साथमै ल्याएको छ।

भाषा र कानुनी झन्झटका कारण जर्मनीका चिकित्सक टोलीलाई बिरामीको उपचार गर्न कठिनाई भएतापनि जर्मनीबाट आएको चिकित्सक टोली बिज्ञ भएकोले उनीहरुले आइसीयुका बिरामीलाई उपचार गर्नेछन।

जर्मनीबाट आएको चिकित्सकको टोलीले २१ – २१ दिनको रोटेशनमा पोर्चुगलमा सेवा गर्नेछन। जर्मनीले मार्चको अन्त्यसम्म पोर्चुगलमा सहयोग गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार