लिस्बन।
पोर्चुगलमा स्वास्थ्य संकटकाल र लकडाउन १ मार्चसम्म लम्बिने संकेत सरकारले दिएको छ।
पोर्चुगलमा जारि रहेको संकटकाल १४ फेब्रुवरीमा सकिदैछ। १६ फेब्रुवरी मंगलबार पोर्चुगलकै ठुलो कार्निभल परेकोले सरकारले कार्निभलमा निकै कडाई गर्ने जनाएको छ।
प्रधानमन्त्री एन्तोनियो कोस्ताले भने, ” कार्निभलमा भेला हुने र लकडाउन र संकटकाल कानुनको उल्लङ्घन गर्ने छुट कसैलाई छैन।”
यसबाट पनि के कुरा स्पष्ट हुन्छ भने सरकार देशमा अर्को १५ दिनको लागि संकटकाल र लकडाउन लगाउने तयारीमा छ।
कोरोना संक्रमणका कारण पोर्चुगलले जनवरी र फेब्रुअरीमा अहिलेसम्मकै अत्याधिक मानविय क्षति व्यहोरेको छ । सरकारले दशौं पटक गरेको ‘लकडाउन’ ले तिब्र गतिमा बढेको संक्रमण र मृत्युको दरलाई घटाउन निकै सहयोग गरेको विज्ञहरुको दाबी छ ।
जनवरीको अधिक समयमा तीन सय भन्दा बढिको मृत्युदर पछिल्लो २४ घण्टामा २२५ मा ओर्लिएको छ ।त्यस्तै दैनिक १५ हजार हाराहारीमा रहेको संक्रमणदर सोही अवधिमा सात हजारमा झरेको छ ।
पोर्चुगलले कोरोना बिरुद्दको लडाइमा अन्तराष्ट्रिय सहयोग मागेपछि जर्मन सरकारले सहयोग पठाएको छ। उसले पहिलो चरणमा २६ जना डाक्टर, १५० शैया र ५० भेन्टिलेटर र कोरोना खोप पठाएको हो।
यसघि नै लक्जम्बर्ग र स्पेनले पनि आफुहरु पोर्चुगललाई सहयोग गर्न तयार भएको बताएको थियो।