पोर्चुगल : कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना संक्रमणले मृत्यु !

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमितको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीको यसै साता कोरोना संक्रमणले ज्यान गएको छ।

काल्दास दा रैनामा अवस्थित सेन्ट्रो होस्पिटालर दो ओएस्तेको इमरजेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मी पाउलो पेरेइराको कोरोनाकै कारण मृत्यु भएको छ।

कोरोना संक्रमितको उपचार गर्दागर्दै आफै संक्रमित भएर ज्यान गुमाएका पाउलोलाई आइतबार उनि काम गर्ने अस्पतालमा ” फ्रन्टलाइन हिरो ” को संज्ञा दिदै अन्तिम श्रद्दान्जली दिईयो।

उनको श्रद्दान्जलीमा सहकर्मीहरु भावविव्हल भए, धेरैका आँखा रसाए।

५९ बर्षीय स्वस्थाकर्मी पाउलोलाई अस्पताल परिसरमा थपडी बजाएर अन्तिम श्रद्दान्जली दिईएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार