पोर्चुगल स्पेन सिमाना १ मार्चसम्म बन्द , स्पेनबाट पोर्चुगल छिर्नखोज्ने ३१ हजार ७५६ जना फिर्ता, ४ पक्राउ !

लिस्बन।

पोर्चुगल सरकारले कोरोना भाइरस संक्रमणका कारण रोकथामका उपायहरुमा आवातजावत कम गर्न पोर्चुगल स्पेनको सिमा १ मार्चसम्मका लागि बन्द गरेको छ।

यसअघि २८ जनवरीबाट सिमानामा गरिएको प्रतिबन्ध १० फेब्रुवरीसम्मका लागि लागु गरिएको थियो।

पछिल्लो १० दिनमा मात्रै स्पेनबाट पोर्चुगल छिर्नखोज्ने ३१ हजार ७५६ जनलाई सेफले स्पेनतिर नै फिर्ता पठाएको छ भने गैर कानुनी बाटो हुदै पोर्चुगल छिर्नखोज्ने ४ जनालाई पक्राउ गरेको छ।

सरकारले पोर्चुगल र स्पेनको बिचमा सिमित आवतजावतका लागि ८ वटा नाका खुला गरेको छ। यी नाकाहरुबाट स्पेनका नागरिक घर फर्किन, क्रस बोर्डर मजदुर, अत्यावश्यक मालसामान ढुवानीका चालक, स्वास्थ्य सामग्री ढुवानी, र एम्बुलेन्स मात्रै अनुमति छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार