पोर्चुगल : रेस्टुरेन्टभित्र लुकिछिपी खाना बिक्री, प्रहरी पुग्दा खाना सहित शौचालयमा लुके ग्राहक !

लिस्बन।

एस्पिन्होको एक रेस्टुरेन्टभित्र लुकिछिपी खाना बिक्री र भोजन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उम्किनको लागि ग्राहक खाना सहित शौचालयमा लुगेको अवस्थामा प्रहरीले ग्राहक र रेस्टुरेन्टको मालिक दुबैलाई पक्राउ गरेको छ।

संकटकाल र लकडाउन कानुन उल्लङ्घन गरेको आरोपमा दुवै बिरुद्ध जरिवाना सहित मुद्धा दायर गरिएको छ।

प्रहरीले उक्त रेस्टुरेन्टलाई शिल समेत गरिएको बताएको छ।

पोर्चुगलमा कोरोना रोकथामका लागि संकटकाल सहित लकडाउन लागु गरिएको छ , जसमा रेस्टुरेन्टले टेक वे र डेलिभरी मात्रै गर्न सक्नेछन। रेस्टुरेन्टमा पेय पदार्थ र खाना खान बर्जित गरिएको छ।
#FilePhoto

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार