पोर्चुगलमा सेफद्वारा रेसिडेन्सीका लागि १५ फेब्रुअरी, २०२१ देखिका सबै पूर्वनिर्धारित अपोइण्टमेन्टहरु रद्ध , अब के गर्ने ?

लिस्बन।

कोरोना भाइरस महामारीका कारण सीमा तथा विदेशी हेर्ने निकाय सेफले १५ फेब्रुअरी, २०२१ देखिका सबै पूर्वनिर्धारित अपोइण्टमेन्टहरु रद्ध गरेको छ। सेफले आज एक सूचना प्रकाशित गर्दै निर्णय नम्बर 1689 – B / 2021 का अनुसार सो निर्णय गरेको जनाएको छ।

सेफले कोरोना महामारीका कारण आफ्ना सार्वजनिक सेवा अस्थायी रुपमा बन्द गरेको हो। १५ फेब्रुअरी , २०२१ यता सेफमा रेसिडेन्सीका लागि निश्चित भएका भएकाहरु सबैको पुर्व निर्धारित अपोइन्टमेन्टहरु रद्ध भएका छन्।

# सेफमा पुर्व निर्धारित तपाईको अपोइन्टमेन्ट रद्ध भयो ? अब के गर्ने ?

सेफमा १५ फेब्रुअरी, २०२१ देखिका सबै पूर्वनिर्धारित अपोइण्टमेन्टहरु रद्ध भएका छन् , अब के गर्ने भन्ने चिन्ता तपाई हामीलाई पक्कै होला ? तपाईले केही पनि गर्नुपर्दैन। सेफले नै तपाईलाई सम्पर्क गर्नेछ। त्यसका लागि तपाइले आफ्नो यस अघि सेफमा पुर्व निर्धारित जो जसको अपोइन्टमेन्ट रद्ध भएका छन् , उनीहरु सबैलाई सेफले कोरोनाको महामारी कम वा समाप्त भएपछि क्रमबद्ध रुपमा पुन: जानकारी गराउनेछ ।

# अपोइन्टमेन्ट रद्ध भएसँगै मेरो भिषा सकियो , अब के हुन्छ ? के म पोर्चुगलमा अबैधानिक हुन्छु ?

पोर्चुगलमा पहिलो संकटकाल लागु भएयता १८ मार्च २०२० देखि १५ अक्टोबर २०२० को बिचमा रेसिडेन्सीका लागि सेफमा आबेदन दिनेहरु सबै पोर्चुगलमा अस्थाई रुपमा बैधानिक मानिनेछन। पोर्चुगलको संबिधानको धारा २३/ २००७ अनुसार देशमा संकटकाल अवस्था भएकोले राज्यले उनीहरुको अधिकार र संरक्षण सुनिस्चित गरेको छ। उनीहरुलाई राज्यले पोर्चुगिज नागरिक सरह व्यवहार गर्नेछ र सेवा सुबिधा दिनेछ तर यसले रेसिडेन्सी कार्डको सुनिश्चितता गर्नेछैन । रेसिडेन्सी कार्डको प्रक्रियामा कुनै हेरफेर भएको छैन।

# सेफबाट कुनै सूचना वा जानकारी लिनुपरे के गर्ने ?

यदि तपाईलाई सेफ़बट कुनै पनि जानकारी चाहिएमा फोन वा ईमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।

– सेफलाई ८०८ २०२ ६५३ र ८०८ ९६२ ६९० गरी दुई नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

– त्यसैगरी ईमेल gricrp.cc@sef.pt मा पनि सेफको कार्यालयसँग सूचना आदानप्रदान गर्न सकिनेछ ।

# सेफको सम्पूर्ण सार्वजनिक सेवा अस्थायी रुपमा बन्द : अत्यन्त जरुरी सेवा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने , के-के हुन् अत्यन्त जरुरी सेवा ?

अत्यावश्यक सेवा चाहियो , सेफलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ। के हो अत्यावश्यक सेवा ?

सार्वजनिक नियमित सेवा बन्द रहे पनि अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन सकिने सेफले जनाएको छ ।
१. अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन देशबाहिर यात्रा गर्नुपर्ने, जानुपर्ने अर्थात देश छोड्नुपर्ने जरुरी कारण पेश गर्नुपर्नेछ ।
२. जसका कागजात चोरी भएका वा हराएका छन् उनीहरुले पनि अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन सक्ने छन् ।
३. स्वास्थ्यका कारण यात्रा नगरी नहुने र डकुमेन्ट कुरेर बसेकाहरु पनि अत्यन्त जरुरी अपोइन्टमेन्ट लिन सक्ने छन् ।

सेफले आज १३ फेब्रुअरी, २०२१ मा प्रकाशित गरेको सूचना यस्तो छ !

According to the determined in Despatch n. o 1689-B / 2021 of February 12 during the state of emergency and while the same applies, the Foreign and Border Service (SEF) service stations maintain in-person service, only for the practice of urgent acts, by prior appointment.

Urgent situations are considered:

(a) citizens needing to travel or demonstrating the urgent and unacceptable need to leave national territory for imponderable and unadiable reasons;
(b) citizens from whom documents have been stolen, stolen or misappropriated;
(c) other situations in which citizens have proven to justify and justify the urgency of the service, in particular for documentary reasons of humanitarian or personal or medical reasons.

Requests for urgent scheduling must be referred to gricrp.cc@sef.pt e-mail address or made via Contact Center phone service.
The calls provided for in the Automatic Pre-Schedule System (SAPA) and other systems used by the SEF are suspended. The SEF will reschedule all bookings that are booked from February 15, 2021 in chronological order ensuring equal treatment for foreign citizens.

According to Despachos n. o 3863-B / 2020 of March 27 and 10944/2020 of November 8 all foreign citizens with cases pending in the SEF whose request was made between 18 March and October 15, 2020, are temporarily in regular situation on national territory, and can access all public services, in particular to obtain the number of users, access to the National Health Service or other rights of assistance to health, access to support social benefits, signing of lease contracts, signing of work contracts, opening of bank accounts and procurement of essential public services.

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार