लिस्बन।
कर्कवेलोस टोल चेकपोष्टमा कार दुर्घटना हुदा एकको ज्यान गएको छ।
टोललाई छुट्याउन राखिएको पिलरमा कार ठोक्किदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना भएको उक्त कारभित्र अन्दाजी ५०-६० बर्ष उमेर समुहका व्यक्ति एक्लै थिए।
घटना आज शनिवार दिउसो करिब ३ बजेतिरको हो।
दुर्घटनास्थलमा उद्धार र उपचारका लागि जीएनआर प्रहरी, फायर फाइटर, र इनेम इमर्जेन्सी मेडिकल टिम पनि उपस्थित थिए।