पोर्चुगलमा अग्नि नियन्त्रण कार्यालयमा पार्टी मनाउदा एकलाई कोरोना संक्रमण, १६ जना आइसोलेशनमा।

लिस्बन।

पोर्चुगलमा एक अग्नि नियन्त्रण कार्यालयमा पार्टी मनाउदा एकलाई कोरोना संक्रमण भएको छ। पार्टीमा सहभागी अन्य १६ जना आइसोलेशनमा रहेका छन् ।

एस्पिन्होको अग्नि नियन्त्रण कार्यालयमा फेब्रुअरी ११ तारिख त्यहाका कर्मचारीहरुले क्याफ़ेटेरियामा अनधिकृत पार्टी मनाए। उनीहरुले मास्क पनि लगाएनन् र बढीमा ६ जना मात्रै बस्नमिल्ने ठाउँमा १७ जना सहभागी भएर रमाइलो गरे।

त्यही पार्टीमा सहभागीमध्ये एकजनामा कोरोना पोजेटिभ देखिएपछि सहभागी बाँकी १६ जना आइसोलेशनमा बस्नुपरेको हो।

उक्त घटनापछि अग्नि नियन्त्रण कार्यालयले ति सबै कर्मचारी बिरुद्द कारवाही प्रक्रिया बढाएको छ। उनीहरु कम्तिमा १८० दिन कामबाट निकाला देखि बर्खास्तसम्म हुनसक्ने अधिकारीहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार