कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न फ्रान्स र लक्जमबर्गको मेडिकल टिम पोर्चुगल आइपुग्यो, प्रम कोस्ताद्वारा धन्यवाद व्यक्त !

लिस्बन।

कोरोना बिरुद्धको लडाईमा सहयोग गर्न फ्रान्स र लक्जमबर्गको मेडिकल टिम आज पोर्चुगल आइपुगेको प्रधानमन्त्री एन्तोनियो कोस्ताले बताएका छन्।

प्रधानमन्त्री कोस्ताले सहयोग गर्ने दुवै देशहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन्।

यसअघि जर्मनीले सहयोगको पहिलो चरणमा २६ जना डाक्टर, १५० शैया र ५० भेन्टिलेटर र मोडेर्ना भ्याक्सिनको पहिलो डोज सहयोग पठाएको छ।

एक साता अगाडी पोर्चुगललाई सहयोग गर्न आफ्नो शैन्य मेडिकल टोलीलाई हवाई अस्पताल र कोरोना बिरुद्धको भ्याक्सिन सहित पठाईसकेको छ।

जर्मनीको शैन्य मेडिकल टोली पोर्चुगलमा कम्तिमा पनि तीन साता बस्ने र आवश्यक परेमा बढी समय पनि सहयोग गर्ने जनाएको छ।

पछिल्लो एक सातादेखि पोर्चुगलमा कोरोनाक नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी हुदै गएको छ।

कोरोना बिरुद्धको लडाईमा सबै नागरिकले उत्तिकै जिम्मेवार भए मात्रै सम्भव भएको प्रम कोस्ताले बताएका छन्।

प्रम कोस्ताले आज एक ट्विट गर्दै कोरोना बिरुद्धको लडाइमा सबैले निरन्तर सहयोग गर्नुपर्ने र लाग्नुपर्ने बताएका छन्।

पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले १३८ ले ज्यान गुमाएका छन् भने एक हजार ६७७ जना संक्रमित फेला परेका छन्। सरकारको कडा लकडाउनपछि पछिल्लो एक सातादेखि कोरोनाका नयाँ संक्रमित र मृत्युदरमा निरन्तर कमी आएको विज्ञहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार