लिस्बन।
पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले कोरोना बिरुद्धको भ्याक्सिनको पहिलो डोज लगाएका छन्।
उनले १५ फेव्रुअरीमा लिस्बनको हस्पिटल दास फोर्सस अर्मदासमा कोरोनाको खोप लगाएका हुन्।
प्रधानमन्त्री कोस्ताको कार्यालयले उनले कोरोनाको दोश्रो डोजको लागि आफ्नो पालो कुर्ने बताएको छ।
प्रधानमन्त्री कोस्ताको साथमा स्वास्थ्यमन्त्री मार्ता तेमिदोले पनि कोरोनाको भ्याक्सिनको पहिलो डोज लगाएकी छिन्।
गत शुक्रवार नै राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले पनि कोरोनाको पहिलो डोज लगाएका छन्। शुक्रवार नै गणतन्त्र सभाका अध्यक्ष फेर्रो रोद्रिगुएसले पनि कोरोना बिरुद्धको भ्याक्सिन लगाएका छन्।
पोर्चुगलमा कोरोनाको बिरुद्धको पहिलो भ्याक्सिन २७ डिसेम्बरमा लगाउन शुरु गरिएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, नर्सिङ्ग होममा कार्यरत कर्मचारीहरुलाई लगाईएको थियो।
पहिलो चरणको खोपमा सैनिक अधिकारीहरु, सुरक्षा बल र संबेदनशील क्षेत्रमा कार्यरतहरुलाई पनि खोप लगाईएको छ।