नोकियाले पोर्चुगलमा ३०० जागिर खोल्दै !

लिस्बन।

नोकियाले पोर्चुगलमा आफ्नो सेवा केन्द्र बिस्तार गर्दैछ, जसका लागि उसले ३०० जना बिज्ञहरुलाई रोजगार दिने बताएको छ।

नोकिया कम्पनीले उक्त कार्यको लागि पोर्चुगल सरकारसंग सम्झौता गरिसकेको छ।

नोकियाको सेवा केन्द्र लिस्बनको अमादोरामा स्थापना गरिने कम्पनीले जनाएको छ। उक्त सेवा केन्द्रबाट बित्त, भुक्तानी, व्यवस्थापन, अर्डर, तथ्यांक र तथ्यांक विश्लेषणको सेवा दिईने कम्पनीले जनाएको छ।

अर्थव्यवस्था र डिजिटल संक्रमण राज्यमन्त्री पेद्रो सिजा भिएराले निकियाको यो कदम पोर्तुगालको लागि महत्वपूर्ण हुने बताएका छन्। उनले भने , “यो कम्पनीको पक्षमा विश्वासको सुदृढीकरण हो जसले लामो समयदेखि पोर्तुगाली स्टाफको क्षमतालाई चिनेको छ।”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार